रुकुमेली चर्चित गायक निर्मल केसिसँग गरिएको रेडियो कार्यक्रम....!!! लोक दोहोरी गायक निर्मल केसी को उद्देस्य पैशा भन्दा इज्जतिलो नाम कमाउने हो ।
समय घट्टो झै घुमिरहन्छ , सबै भाग... सबैतिर.. तेसैले जीवनको तुलना घट्टो,
चर्खा र दिन- रातसंग गरिएको होला, यस्तै लाग्छ रुकुम छिबाङका युवा निर्मल
केसीलाइ। आफु जन्मिएकै घर आंगनमा बुवा-आमा र दाजु-दिदीले मनको बह गीतमा
सुनाउदा सुनाउदै निर्मलले तेसको नक्कल गर्नथाले , आज.. भोली.. गर्दा- गर्दै हिजो
गीतको नक्कल गर्ने फुच्चे निर्मल ,आज लोक दोहोरी गायक निर्मल केसी भएकाछन ।
भनिन्छ फलाम निक्कै चिसो हुन्छ र आगो निक्कै तातो हुन्छ ,यदी फलामलाइ आगोमा
राखेर तताउने हो भने चिसो फलाम आगोभन्दा धेरै तात्दछ र आगोको कोइलो भन्दा
तातेको फलामले दोब्बर सक्ती देखाउछ तर फलामको तातो सक्ती तबसम्म रहन्छ
जबसम्म फलाम आगोकोसंग रहन्छ फलामलाइ आगोदेखी पर राखेपछी फलाम फेरी
चिसिन थाल्छ उही पहिला झै चिसो हुनपुग्दछ , त्यस कारण संगतले ठुलो महत्व राख्दछ ।
साधारण गुरुबाट शिक्षित र दिक्षित चेला पनी ज्ञान , सिप र शिक्षाले गुरु भन्दा माथिल्ला
तहमा पुग्छन तापनी ती गुरुको संगत संधै चाहिन्छ् यदी त्यो संगत छाडेभने आगोबाट
छुटेको फलाम चिसिए जस्तै हाम्रो ज्ञान , सिप र शिक्षाले सफलता पाउन सक्दैन । लोक
दोहोरी गायक निर्मल केसी जुन संगत पाएर आज यो स्थानमा आएकाछन थप अघि
जान त्यो हिजोको संगतको आवस्यकता परिरहन्छ र निर्मलले यो कुरालाइ आत्मसाथ
गरेकाछन रत निर्मलको गायन यात्रा एक पछी अर्को सिंढी माथी उक्लन्दै छ ।चर्खा र दिन- रातसंग गरिएको होला, यस्तै लाग्छ रुकुम छिबाङका युवा निर्मल केसीलाइ। आफु जन्मिएकै घर आंगनमा बुवा-आमा र दाजु-दिदीले मनको बह गीतमा सुनाउदा सुनाउदै निर्मलले तेसको नक्कल गर्नथाले , आज.. भोली.. गर्दा- गर्दै हिजोगीतको नक्कल गर्ने फुच्चे निर्मल ,आज लोक दोहोरी गायक निर्मल केसी भएकाछन । भनिन्छ फलाम निक्कै चिसो हुन्छ र आगो निक्कै तातो हुन्छ ,यदी फलामलाइ आगोमा राखेर तताउने हो भने चिसो फलाम आगोभन्दा धेरै तात्दछ र आगोको कोइलो भन्दा तातेको फलामले दोब्बर सक्ती देखाउछ तर फलामको तातो सक्ती तबसम्म रहन्छ जबसम्म फलाम आगोकोसंग रहन्छ फलामलाइ आगोदेखी पर राखेपछी फलाम फेरी चिसिन थाल्छ उही पहिला झै चिसो हुनपुग्दछ , त्यस कारण संगतले ठुलो महत्व राख्दछ । साधारण गुरुबाट शिक्षित र दिक्षित चेला पनी ज्ञान , सिप र शिक्षाले गुरु भन्दा माथिल्लातहमा पुग्छन तापनी ती गुरुको संगत संधै चाहिन्छ् यदी त्यो संगत छाडेभने आगोबाट छुटेको फलाम चिसिए जस्तै हाम्रो ज्ञान , सिप र शिक्षाले सफलता पाउन सक्दैन । लोक दोहोरी गायक निर्मल केसी जुन संगत पाएर आज यो स्थानमा आएकाछन थप अघि जान त्यो हिजोको संगतको आवस्यकता परिरहन्छ र निर्मलले यो कुरालाइ आत्मसाथ गरेकाछन रत निर्मलको गायन यात्रा एक पछी अर्को सिंढी माथी उक्लन्दै छ ।रुकुम छिबाङको रनबन ,घर आंगन र मेला पर्वमा आफ्नो स्वरले गुन्जाउने
लोक दोहोरी गायक निर्मल केसीका २० वटा लोक दोहोरी गीतहरु रेकर्ड भैसकेका छन ,
नेपाल रास्ट्रिय नि. मा. वि. छिबाङमा ८ कक्षा सम्म , बाल कल्याण मा. वि.
सोलाबाङबाट एस् एल सी र त्रिभुवन जनता उ. मा. वि.खलंगा रुकुम बाट प्रमाणपत्र
तह पास गर्दा सम्म निर्मलले आफ्ना साथीहरु र गुरु- गुरुआमालाइ आफ्नो स्वरमा
थ्रुपै गीतहरु सुनाए र आफ्नो लुकेको प्रतिभा देखाए तर म गायक हुंला, मैले स्कुल र
घरका दलान आंगन अनी पाखा भित्ता र बारीका डिलमा गाएका गीतहरु रेकर्ड
भएर रेडियो बाट बज्ला अनी फेरी तेहि घर दैला सम्म पुग्ला भनेर निर्मलले कल्पना
गरेका थिएनन तर आज त्यहि भएको छ , समयसंगै अवसर आउनेरहेछ, चर्खा जस्तै
घुमिरहने , घट्टो जस्तै फन फनी... निर्मलले त्यो अवसरलाइ सदुपयोग गरेकाछन् ।
निर्मल नामले मात्र होइन कामका पनी निर्मल छन पाएको उपलब्धीलाइ बचाउदै ,
बढाउनुपर्छ भन्ने सोचेर हिडिरहने निर्मल पैशाकोलागी होइन इज्जतिलो नामकोलागी
मेहनत गर्छन । कसैको खुट्टा नतानी अरुलाइ नलडाइ अघिबढनुपर्ने उंहाको तर्क हो ,
नेपाली लोकगीतको क्षेत्रमा मौलिकता बिस्तारै सियाल पर्न थालेको भनेर एउटा परिपक्को
दिमागले चिन्ता गर्छन यि युवा । गीतसंगीत मेरो प्राण हो भन्ठान्ने निर्मललाइ असल
काम गरे पैशाको पनी खांचो नहोला जस्तो लाग्छ, भन्छन एउटा राम्रो गायक हुनु पनी
असल हुनु हो, चर्चित हुन लोभ नगर्ने निर्मललाइ लोकप्रिय हुनु चै सफलता हो
भन्ने लाग्दछ ।
लोक दोहोरी गायक निर्मल केसीको १९ बर्षको यो युवा दिमागमा परिपक्को बिचार
छ, अहिले घर छोडेर काठमान्डौ बस्ता घरको र दामलीको न्यास्रो छ ,भन्छन प्रतेक
राती सपनामा घरगाउ र छिबाङका साथी मात्र देख्छु , बुबाले काठको काम गर्नुहुन्छ ,
आमा दाइ-भाउजु घरखेती गर्नुहुन्छ दाइको सानी छोरी छीन् ,हरेक पलमा घरका
सबैलाइ आंखाभरी देख्छु , म संग अब जिम्मेबारी थपिदै छ,यतिसम्म बुबा-आमाले
बनाइदिनु भो अब घरले पनी त म सङ आस गर्ला नी ! फेरी पढाइ अघी बढाउनु छ ,
त्यो भन्दा ठुलो त राम्रा - राम्रा लोक तथा दोहोरी गीतहरु रेकर्ड गरेर सबैलाइ
सुनाउनु छ चुनौतिका पहाडछन् तर हांसी - हांसी पहाडलाइ नाघ्ने हिम्मत
राखेकाछन् ।
मुसुक्क नहांसी नबोल्ले लोक दोहोरी गायक निर्मल केसीले केही गीतहरु
लेख्नुका साथै केहिमा भाका बनाएका छन ,धेरै चै आफ्नो स्वरमा गाएका छन।
गाएका गीतमध्ये अली धेरै गीतहरु लोकदोहोरी गीतका भाका संकलक एवम्
शब्दकार भद्र नकाल का छन । निर्मलको स्वरमा अरु धेरै गीतहरु छीट्टै
आउदैछन ।आएका धेरैजसो गीतहरु youtube मा पनी भेट्टाइन्छ ।
लोक दोहोरी गायक निर्मल केसीलाइ सुसेलीमा मौकाले भेट भयो
सेरोफेरोका धेरै कुराकानी भए उंहाका उर्जासिल बिचारले जांगर बढेको छ,
निर्मल केसीको लोकगायन यात्राले शिखर चुमोस सफलताको शुभकामना छ !
नेपाली माटो र नेपाली मनको सुघन्धका गीतहरु निर्मलको स्वरमा
सुनिरहन पाँउ ।
थप जानकारी र सम्पर्ककालागी :-
फेसबूकमा- kc Nirmal
मोवाइल - ९८६६९१९५४८
No comments:
Post a Comment