Wednesday, June 8, 2016

दोस्रो जिविस कप पुरुष भलिबलको उपाधी आठ बिसकोटलाई

रुकुम–रुकुममा संचालित दोस्रो जिविस कप भलिबल प्रतियोगीताको उपाधी आठविसकोट गाविसले जितेको छ । सदरमुकाम मुसिकोट खलंगाको बराहटाकुरा टुँडिखेलमा भएको फाईनलमा मग्मा गाविसलाई पराजित गर्दै प्रतियोगीताको दोस्रो संस्करणको उपाधी आठविसकोटले जितेको हो



आठविसकोटले मग्मालाई ३ शुन्यको सोझो सेटमा पराजित गर्दै पहिलो पटक उपाधीमाथी कब्जा जमाएको हो । अघिल्लो सिजनको च्याम्पिएन पुर्तिमकाँडा भने यस वर्ष समुह चरणबाटै बाहिरिएको थियो । आठविसकोट अघिल्लो सिजनको उपविजेता हो ।
विजेता आठविसकोटले ५० हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । द्धितिया हुने मग्माले भने ३० हजार, ट्रफी मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ । यस्तै गरायला गाविसलाई हराएर रुकुमकोट तेस्रो भयो । उसले २० हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र तथा सान्त्वना भएको गरायलाले ५ हजार पाएको छ ।
प्रतियोगीताको बेष्ट प्लेयर रुकुमकोटका चन्द्र विसी, बेष्ट सेटर चौरजहारीका लक्ष्मण मल्ल, बेष्ट स्पाईकर खाराका टिकाराम खड्का, बेष्ट ब्लकर मग्माका दिपक कुशारी, बेष्ट डिभेन्डर मग्माका पृथ्वीराज केसी र बेष्ट सर्भर गरायलाका सन्तोष नकाल घोषित हुनुभयो । बेष्ट प्लेयरलाई १ हजार र अन्यलाई ५ सयसहित प्रमाणपत्रले सम्मान गरिएको छ ।
यसैविच खोलागाउँ गाविसमाथि लागेको प्रतिबन्ध फुकुवा भएको छ । अघिल्लो वर्ष गाविस बाहिरका खेलाडी टिममा राखेको भन्दै खोलागाउँ १ वर्षका लागि प्रतिबन्धमा परेको थियो । २३ गतेबाट सुरु भएको प्रतियोगीतामा जिल्लाका २२ ओटा समुले प्रतिप्रर्धा गरेका थिए । खेल नकआउटका आधारमा खेलाईएको थियो । जिल्लामा रहेका नयाँ खेलाडीको पहिचान तथा पुराना खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगीता महत्वपुर्ण सावित भएको आयोजक समृद्ध समाज नेपालका अध्यक्ष सुवोध शेर्पालीले बताए ।

No comments:

Post a Comment