गायक तथा संगीतकार अमित बाबु रोकायको ‘तिमी बिना’ (भिडियो सहित)
जेष्ट २६
सानै ऊमेर देखी नै गीत-संगीत प्रति अभिरुची राख्दै आएका : आर्थिक तथा भैगलिक हिसाबले पछि परेका गायक तथा संगीतकार अमित बिदेशी भुमिबाटै चर्चा परिचर्चा कमाउन सफल भएका छन् । समय परिस्थितीले कतार पुगेका अमीत बाबू रोकाय स्याला पाखा ३ रुकुममा आमा:सुसिला रोकाय र बुवा:कमान सिङ रोकाय को सुपुत्र रोकाय यतिबेला कतार को मरुभूमिमा कामको साथसाथ आफ्नो साङ्गीतिक यात्रालाई अघि बढाऊन सफल भएका छन ।
संघर्षशील जीवन सुख दुःखको मिश्रणमा चलाऊदै अनगिन्ती सपनाहरु सजाएको बताऊने अमित गोजीमा केवल गाडीभाडामात्रै बोकेर २०७० सालमा काठमाण्डौ छिरेका र काठमाण्डौमा दिदी-भिनाजुकोमा बस्दै आएका ऊनी जिन्दगीका दुःख सुखलाई आत्मसात गर्दै रमित ओली र यादब धितालको सहकार्य र जय देबकोटाको सहयोगले ‘दशैं आयो तिहार आयो फेरी’ नामक पहिलो गीत निकाल्न सफल भए ।
ऊक्त गीत सार्वजनिक भएसँगै शुभचिन्तकहरुको प्रतिक्रियाले ऊनमा थप ऊत्साह र जोश थप्ने काम गरेसंगै “आमा तिम्रो दुधको भारा, खोजीसके ऊनलाई सारा संसार भरी, एक छिन पनि म बाट टाढा नजाउ कान्छू, गयो माया खेर, तिम्रै बाटो कुर्दा कुर्दै गए बर्ष यस्तै गर्दै, प्रदेसी को माया लगायत ४ दर्जन माथी उनका गीतहरु बजारमा आईसकेकाछन् ।
No comments:
Post a Comment