सुमधुर स्वरका धनि लोकदोहोरी गायक दुर्गा बिश्वकर्मा चर्चामा!!
सुमधुर स्वरका धनि लोकदोहोरी गायक दुर्गा बिश्वकर्मा चर्चामा!!
गायक दुर्गा बिश्वकर्माको जन्म :२०३८ सालमा धनकुटा न.पा.वडा न.१२, भिरगाउँ टोल किन्ताङगमा भएको हो।स्वर्गीय पिता श्री नन्द बहादुर बिश्वकर्मा र माता रणमाया बिश्वकर्माको कोखबाट जन्मिनु भएको उहाँ काइलो छोरा हुनुहुन्छ।घर नजिकैको स्कुल श्री श्रीमान टंक मध्यामिक बिध्यालयबाट उहाँले निम्न माध्यामिक तहको शिक्षा हासिल गर्नु भयो।त्यसपछी उहाँले एस.एल.सि सम्मको शिक्षा मोरङ्ग गोविन्दपुर गा.बि.स.वडा न.-३ मा अवस्थित निन्म मध्यामिक बिध्यालयबाट पूरा गर्नु भएको हो।
एस.एल.सि को अध्यानपछी आफ्नै अदरणिय माइला दाइ श्री टिकारामको सल्ला र सहयोगमा आफ्नै पिताको पेशा साइला दाइको साथमा सुन र चाँदीको पसल गर्न सुरु गर्नु भयो।आफू संगैका साथिभाईहरु प्रहरी नोकरिमा भर्ना भएको देख्दा उहालाइ पनि प्रहरी नोकरी पेशामा काम गर्ने इच्छा जागेर आयो।यसै क्रममा उहाँ २०५४ सालमा नेपाल प्रहरिमा तत्कालको भर्ना छनौट विराटनगर रानी बाट पहिलो नम्वरमा छनौट भै २०५६ साल सम्म कार्यरत हुनुभयो।२ सालको कार्यकालको अन्तराल पश्चात् उहाले प्रहरी पेशा छाड्नु भयो।केही सालको घरकै बसाइमा उहाले सानो रुपमा सब्जी खेति,अलैची,अमलिसो र २/४ रोपनिमा चियाको फर्मको सुरुवात गर्नु भएको छ।जुन अहिले घरमा हुनुहुने परिवारले गर्दै हुनुहुन्छ।
सांगेतिक यात्राको कुरा गर्नु पर्दा उहाँ सानै छदा देखि नै मेलापता, गोठालो,घाँस दाउरा, जंगल जादा सदै गुनगुनाउनु हुन्थ्यो।गाउँ घरतिर रमाइलो र साँस्कृतिक मौलिकताको निमित्त गरिने रत्युली,भोजन, बर्तबन्ध, विवाह, पार्टी समारोह, पिकनिक आदिमा गरिने नाच गानमा सदै सकृया रहने दुर्गा स्कुलमा त झन त्यतिकै बस्ने कुरै भएन।कक्षामा गीत गाएर सिक्षक तथा विध्यर्थीलाई रमाइलो र मनोरन्जन दिई रहने दुर्गाले जति कक्षा चढदै गयो उति स्कुल तहमा गरिने विभिन्न लोक दोहोरी प्रतियोगितामा सदै भाग लिने र पहिला हुने गर्नु हुन्थ्यो।जब स्कुलको प्रतियोगितामा पहिला र सिक्षक- अभिभावकबाट माया अनि हौशला पाएपछी उहाँ पुर्वान्चलको क्षेत्रीय प्रसारण रेडियो नेपालले प्रसारण गर्ने साप्ताहिक लोक संगम कार्यक्रममा प्रत्येक हप्ता नछुटाइ भाग लिइ उत्कृष्ठ कलाकार छनौट हुनु भएको थियो।सो संगम कार्यक्रमका पस्तुता श्री अदरणिय दाजु नयाराज नेपालको नजर र मुल्यांकनमा उत्कृष्ठ हुनु भएको दुर्गा विश्वकर्मा बताउनु हुन्छ त्यो बेला उहाले भन्नू भाथ्यो " तिम्रो स्वर राम्रो छ। तिमी त गएकै हौ। तिमिले आफ्नो सांगेतिक यत्रालाई अगाडि बधाउनु पर्छ।एकदिन राष्ट्रीय गएक हुनेछौ" यी शब्दहरु सदै झलझले याद आइरने कुरा बताउनु हुन्छ दुर्गा।
उहाँको प्रेरणा र हौशला अनि आफ्नै दाइ टिकाराम बिश्वकर्माको सहयोगमा राष्ट्रीय स्तरका जिल्लामा हुने विभिन्न लोक प्रतियोगितामा भाग लिदै आफ्नो सांगेतिक यत्रा अगाडि बढाइ रहेको कुरा बताउनु हुन्छ।
वैदेशिक यात्रामा उहाँ मलेशिया जानू भयो।मलेशियामा गएपछी फेरि संगेतिक प्रतिभालाइ अगाडी बढाई आफू र अरुलाई यो लोक संस्कृतिक र आफ्नो मौलिक्ता झल्काउने सांगेतिक जगेर्ना गर्ने हेतुले आफैले " धनकुटा निशान अनलाइन रोधिघर "खोली संयोजकको काम गर्दै आउनु भएको छ।
सांगेतिक क्रममा उहाँले हालसालै बिल्कुलै नयाँ र बच्चा देखि बुढा पाका सम्मको लाई मन पर्ने अनि विवाह, विभिन्न समारोह, पार्टो,भोज, पिकनिक र कन्सर्ट आदिमा हङ्गमा मच्चाउने एल्बम " ड्राइभर मिनि बसको" जस्मा शब्द/ लय रहेको छ वरिष्ठ रचनाकार/ गीतकार तथा संगितकार श्री विनोद ढकाल।गएक उहाँ स्वायं दुर्गा बिश्वकर्मा हुनुहुन्छ भने गायिका हुनुहुन्छ मिठी स्वरकी धनी देवि घर्ती मगर
फेरि यो एल्बम को पछाडी लगतै अर्को रोमान्टिक एल्बुम आउदै छ।
No comments:
Post a Comment